Saturday, June 6, 2026

सहिद मनोज,झपेन्द्र र सुरेन्द्र स्मृति दिवसमा फलफूल तथा जुस वितरण

spot_img

कलैया,१५ साउन । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाराले सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसरमा बिहीबार प्रादेशिक अस्पताल कलैयामा उपचाररत बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको छ।

“सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा आपतकालीन , आईसीयू, गर्भवती महिला वार्ड, जेनेरल वार्ड र अपरेशन वार्डमा रहेका ७० जना बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको संगठनका अध्यक्ष सागर साहले जानकारी दिए।

स्मृति दिवसको अवसरमा सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको प्रतिमामा फूलमाला र अबिर अर्पण गरिएको थियो।

सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, राष्ट्रिय अनुसन्धान उप–निर्देशक बाराका प्रमुख सरोज निरौला, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित, संगठनका उपाध्यक्ष सुरेश कुमार साह, सचिव रामजनम पण्डित, सह–सचिव सुनिल कुमार साह, कोषाध्यक्ष केशव चौहान, सदस्यहरू अरुण बस्नेत, रमेश प्रसाद कुर्मी, कविता देवकोटा न्यौपाने, प्रभुराम, टेकबहादुर घिमिरे, बच्चा सिंह कलवार लगायत जिल्ला कार्य समिति सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

सोही अवसरमा प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको अभाव भएका कारण संगठनकी महिला उपाध्यक्ष भावना कर्णले आकस्मिक रक्तदान गरेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर