Sunday, September 27, 2026

बारामा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

Advertisement
Advertisement

कलैया,१५ साउन । बारा प्रहरीले विशेष सूचनाका आधारमा एक जनालाई लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ रेलवे लाइन टोलका कृष्ण राउत कुर्मीका छोरा सरोज कुमार कुर्मीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा नियन्त्रणमा लिएको हो।

कुर्मीको घरमा ब्राउन सुगरको कारोबार भइरहेको तथा लुकाइ राखिएको २.०४ ग्राम ब्राउन सुगर र तौल मापन गर्ने सानो डिजिटल तराजु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिए ।

पक्राउ परेका कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर