Sunday, September 27, 2026

खसीको नाममा बाख्रीको मासु बिक्री गर्ने व्यापारीको मासु नियन्त्रणमा

Advertisement
Advertisement

जीतपुर,१८ साउन । बाराको जीतपुरमा फेरि एक पटक खसीको नाममा बाख्रीको मासु बिक्री गर्ने गरेको भेटिएको छ ।

स्थानीय एक ग्राहकको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरस्थित समीर फ्रेस हाउस बाट मासु नियन्त्रणमा लिएको हो ।प्रहरी अनुसार, समीर फ्रेस हाउसले खसीको मासु भनेर बाख्रीको मासु बेचिरहेको पाइएको हो । उपभोक्ताको उजुरीपछि अनुसन्धान गर्दा अनियमितता पुष्टि भएको र तत्काल मासु नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दिएको छ ।

फ्रेस हाउसका सञ्चालक भने घटनापछि फरार रहेका छन् र प्रहरीले खोजी कार्य सुरु गरेको छ ।यसअघि पनि जीतपुरमै रहेको मुस्कान फ्रेस हाउसमा प्रहरीले छापा मारेर यस्तै खालको अनियमितता फेला पारेको थियो । उक्त घटनामा सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

स्थानीय उपभोक्ताहरूले पटक–पटक यस्तो घटनाको दोहोरिनु उपभोक्ता ठगी र स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । स्थानीय प्रशासनले यस्ता मासु व्यवसायमा निगरानी कडाई गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ रजघट्टाका बासिन्दा शिव अधिकारीले अनुरोध गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर