Sunday, September 27, 2026

अनियन्त्रित भई इभी गाडी यादवको फुसको घरमा पस्दा एक लाख बराबरको क्षति

Advertisement
Advertisement

वीरगन्ज, १८ साउन। पर्साको वीरगन्ज महानगरपालिका वडा नं १५ आयुर्वेदिक चौकमा एकजनाको फुसको घरमा इभी गाडी अनियन्त्रित भई पसेपछि ठूलो दुर्घटना हुनबाट बचेको छ।

शनिबार बेलुका प्रतिमा चौक बाट आर्वेदिक चौक तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६६६० नम्बरको इभी गाडी आफै अनियन्त्रित भई बब्लु यादवको फुसको घर भित्र छिरेपछि काठको पलङ, कम्पाउन्डको तार, माथिल्लो घरको छानो, घरको कोठा कोठा छुट्याइएको वारहरु भत्किएर १ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

दुर्घटनामा भने मानविय क्षती नभएको र प्रहरी चौकी भिसागाउँका प्रहरी हवल्दार संजय कुमार यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले गाडीलाई चालक सहित नियन्त्रणमा लिएको थियो।

केही समयको छलफल पश्चात गाडी चालक वीरगन्ज महानगरपालिका वडा नं १५ बस्ने अन्दाजी २८ वर्षिय मुन्ना महतोलाई आईतबार वडा प्रहरी कार्यालय श्रीपुरमा उपस्थित हुने सहमतिमा जोडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर