Thursday, July 23, 2026

पर्सामा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

पर्सा,१८ साउन। पर्सामा आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैया निवासी ३२ वर्षीय जितेन्द्र माझी मुसहर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवंम् डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

पक्राउ परेका मुसहरले शनिबार घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरी २४ वर्षीया श्रीमती असपतलीया देवी मुसहरलाई हात मुक्का र लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेका उनले बताए ।

घटनाबारे सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट प्रहरी टोली खटाई घेराबन्दी गरी उनलाई नियन्त्रणमा लिइएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको डिएसपी लम्सालले बताए ।

पक्राउ परेका माझी विरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान ) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर