Sunday, September 27, 2026

यातायात व्यवस्था कार्यालय कलैयाद्वारा ९ करोड ९३ लाख राजस्व संकलन

Advertisement
Advertisement

कलैया,१९ साउन । बाराको कलैयामा रहेको यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक बर्षहरु भन्दा तीन गुणाले बढि राजश्व संकलन गरको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष भन्दा २०८१/२०८२ मा तीन गुना बढी राजस्व संकलन गरेको हो । आ.ब.२०८०/२०८१ संकलन गरेको राजश्व भन्दा झण्डै तीन गुणाले राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

यातायात कार्यालयले आर्थिक वर्ष ०८०/०८१ मा कूल आम्दानी तीन करोड ४७ लाख ४५ हजार ३६ रुपैयाँ संकलन गरेको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा तीन गुणाले बृद्धि गरी ९ करोड ९३ लाख ८४ हजार चार सय ९६ रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख अविन्दर दासले बताए ।

यो आ.ब.मा कार्यालयले सवारी साधन करबाट चार करोड ४६ लाख ८१ हजार ५४ रुपैयाँ संकलन गरेको छ। चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुर बाट चार करोड ८५ लाख १६ हजार सात सय २६ रुपैयाँ आम्दानी भएको छ। अन्य प्रशासनिक सेवा शुल्कबाट ३० हजार रुपैयाँ आम्दानी भएको हो। यातायात क्षेत्रको आम्दानी ६० लाख ८९ हजार ८० रुपैयाँ रहेको छ।

सो कार्यालयले आर्थिक वर्ष २०८०/२०८१ मा सवारी साधन करबाट दुई करोड १३ लाख ५९ हजार दुई सय १३ रुपैयाँ संकलन गरेको थियो । चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुर बाट एक करोड १८ लाख ९१ हजार १० रुपैयाँ आम्दानी भएको थियो ।

अन्य प्रशासनिक सेवा शुल्कबाट १६ हजार पाँच सय रुपैयाँ आम्दानी भएको थियो । र यातायात क्षेत्रको आम्दानी १४ लाख ७८ हजार दुई सय ५० रुपैयाँ रहेको भएको जनाईयो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर