30 C
Kalaiya

Monday, August 4, 2025
spot_img
30 C
Kalaiya
Monday, August 4, 2025

spot_img

हलेसीबाट सिरहातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १९ साउन। हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको यात्रु सवार माइक्रोबस दुर्घटना भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

Advertisement

दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनालाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । त्यस्तै अन्य ६ जनाको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत छन भने अवस्था सामान्य बन्दै गएको छ ।

Advertisement
Advertisement

दुर्घटनाग्रस्त माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको माइक्रोबसमा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भरेर फर्किएका दर्शनार्थी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img
spot_img

सम्बन्धित खबर

ताजाखबर