Saturday, June 6, 2026

बारामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा ३ जना घाइते, एकको अवस्था गम्भीर

spot_img

कलैया,१९ साउन । बारामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा ३ जना घाइते भएका छन । जिल्लाको जीतपुरिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर स्थित सहजनाथ मन्दिर तर्फ जादै गरेको बिआर–०६ सिसि ९९४५ नम्बरको मोटरसाइकलले विपरित दिशा बाट आउदै गरेको साइकललाई ठक्कर दिदा ३ जना घाइते भएको जैतापुर चौकीका प्रहरी सहायक निरीक्षक निल प्रसाद मैनालीले जानकारी दिेए ।

घाइते हुनेमा मोटरसाइकल चालक बाराको सिम्रौनगढ वडा नं.१ खजानीका ३० वर्षीय नितेश जैसवाल रहेका छन्। उनको आखाँ र निधारमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। अस्पतालमा रहेको प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार बाराको कोल्हवी नगरपालिका वडा नखुलेको १७ वर्षीया रानी चौधरी घाइते भएकी छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

साईकल यात्रि जितपुर सिमरा उपमहानगरपालिका १७ रामनगर बस्ने ५५वर्षीय कृष्णाबहादुर राउत घाइते भएका छन्। उनको टाउँको र छातिमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। घाइतेहरुको न्युरो अस्पताल परवानीपुरमा उपचार भईरहेको छ।

मोटरसाइकल र साईकल प्रहरी चौकी जैतापुरको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर