Sunday, June 28, 2026

नक्कली नोट सहित दुई जना पक्राउ

सुनसरी, २० साउन । सुनसरीबाट नक्कली नोट सहित दुई जना पक्राउ परेका छन। कोशी गाउँपालिका–८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका–१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर