Sunday, August 16, 2026

अनुदान रकम माग गर्दै बारामा उखु किसानको प्रदर्शन

Advertisement
Advertisement Advertisement

कलैया,२० साउन । बारामा अनुदानको रकम माग गर्दै उखु किसानले टायर बालेर प्रदर्शन गरेका छन् । नेपाल सरकारले उखु किसानलाई प्रतिक्वीन्टल रु ७० रुपैयाको दरले अनुदान रकम उपलब्ध गराउनु पर्ने माग गर्दे उखु उत्पादक किसान संघ बाराले मंगलबार रिलायन्स सुगर मिल्स एण्ड केमिकल ईण्डष्ट्रिज अगाडी टायर बाली प्रदर्शन गरेका हुन ।

२०८२ साउन महिनामा माग पुरा नभए भाद्र ८ गते देखि काठमाण्डौ स्थित माईतीघर मण्डलामा धर्ना बिरोध कार्यक्रम गर्ने लगायतका संर्घषका कार्यक्रम तय गरेको हो । नेपाल उखु उत्पादक किसान महासंघको २०८२ साल  साउन १२ गते उखु उत्पादन संघ सर्लाही हरिवनको  सभाकक्षमा बसेको बैठकले संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सरकारले दिने अनुदान प्रति क्वीन्टल  रु ७० का दरले हुने करिब एक अर्ब ६० करोड भुक्तानी हुन बांकी रहेको संघले जनाएको छ ।  आर्थिक बर्ष २०८२ /०८३ को उखुको मुल्य तय गर्न उखु  किसानका प्रतिनिधीहरु ,चिनी उधोगीहरु  र नेपाल सरकारको प्रतिनिधीहरुको बिचमा वार्ता गराएर मात्र उखुको मुल्य निर्धारण गर्न संघले अनुरोध गरेको छ । अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै उखु उत्पादक किसान संघले आइतबार जिल्ला प्रशासन कार्यालय बारा मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत पुसमा प्रतिक्विन्टल रु ७० अनुदान प्रस्ताव गरेसँगै सोही रकम पाउँदै आएका थिए । चालु आवको बजेटमा उखु किसानलाई दिइँदै आइएको अनुदान कटौती गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर