15.3 C
Kalaiya

Tuesday, December 9, 2025
spot_img
15.3 C
Kalaiya
Tuesday, December 9, 2025

बहुविवाह गर्न पाउने गरी बिधेयक संसदमा आउँदैन्ः कानुन मन्त्री

spot_img
spot_img

काठमाडौं, २१ साउन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुबिबाह गर्न पाउने गरी कानुन नबनेको र नबनाइने प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै कानुन मन्त्री चौरसियाले बहुबिबाह गर्ने कानुन नबनाएको र भोली पनि सो ब्यवस्था राखेर संसदमा बिधेयक नआउने पनि बताएका छन् ।

Advertisement

‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु,’ उनले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ भने ।

Advertisement

सभामुख देवराज घिमिरेसँग समय मागेर उनले सरकारको धारणा संसदमा राखेका हुन् । त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतले प्रश्न उठाए पछि कानुन मन्त्रीले जवाफ दिएका हुन् । न्युजकारखाना

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर