Sunday, August 16, 2026

बारामा पोखरीमा डुबेर एकजना बालकको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, २१ साउन। बारामा एकजना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कलैया उपमहानगरपालिका वडा नं ३ गंगापुर निवासी रामईश्वर साहको छोरा अन्दाजी ७ वर्षिय संजित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बुधबार २ बजेतिर घर नजिकै रहेको छठघाट स्थित पोखरीमा गम्भीर घाइते भएको अवस्थामा बालकलाई स्थानीयहरुले देखेका थिए। त्यसपछि स्थानियहरुले बालक साहलाई थप उपचारको लागि कलैया स्थित आशिर्वाद हस्पिटलमा लगेका थिए।

हस्पिटलमा लग्ने क्रममै बाटोमा बालकको मृत्यु भएको हस्पिटलका एकजना कर्मचारीले बारा अपडेटलाई जानकारी दिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर