Saturday, June 6, 2026

सशस्त्र प्रहरीद्वारा ३२ किलो गाँजा,अवैध कुखुरा र लत्ताकपडा बरामद

spot_img

कलैया, २३ साउन । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानहरूमा संचालन गरेको नियमित चेकजाँचका क्रममा लागू औषध गाँजा, अवैध कुखुरा तथा लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.का अनुसार पचरौता नगरपालिका–१ स्थित मुसहरवस्ती नजिकैको सीमा वेश तेलकुवाबाट खटिएको टोलीले ३२ किलो गाँजा बरामद गरेको हो।

त्यस्तै सिम्रौनगढ नगरपालिका–६ अमरपुर नाकामा बीओपी गोलागञ्जबाट खटिएको टोलीले मोटरसाइकलसहित १ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको लेडिज लत्ताकपडा बरामद गरेको छ। यसैगरी पचरौता नगरपालिका–१ मुसहरवस्तीबाट सिमा सुरक्षा गुल्म पिपरपाटीले २ लाख ८६ हजार रुपैयाँ बराबरको ब्रायलर कुखुरा सहित मोटरसाइकल बरामद गरेको छ।

विश्रामपुर गाउँपालिका–३ मुसर्वा नाकाबाट बीओपी बरैनयाबाट खटिएको टोलीले ४० हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको एसपी के.सी ले जानकारी दिएका छन् ।

बरामद गरिएका सामानहरू आवश्यक कारवाही एवंम्का कानुनी प्रक्रियाका लागि संबन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर