Sunday, September 27, 2026

कलैयामा समाजसेवी गीता देवी चौधरीद्वारा ४० विद्यार्थीलाई स्कुल ब्याग वितरण

Advertisement
Advertisement

कलैया,२३ साउन । समाजसेवी गीता देवी चौधरीले बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलमा अवस्थित ग्रीन भ्याली इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई ४० थान स्कुल ब्याग वितरण गरेकी छिन् ।

कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विधार्थीहरुलाई शुक्रबार उक्त ४० थान स्कुल ब्याग वितरण गरेकी हुन् । प्रत्येक वर्ष तीन वटा सामाजिक कार्यक्रम गर्ने योजनाअन्तर्गत उक्त ब्याग वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक इद्रिस मियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी चौधरी रहेकी थिइन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै समाजसेवी गीता देवी चौधरीले बालबालिका देशका कर्णधार भएकाले उनीहरूलाई प्रोत्साहन दिन स्कुल ब्याग वितरण गरिएको बताइन्। साथै आगामी दिनहरूमा पनि यस्ता सहयोग निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै प्रधानाध्यापक मियाले शिक्षामा कुनै सम्झौता नहुने बताएका छन् । आज विद्यालयको त्रैमासिक परीक्षा नतिजा सार्वजनिक गरिएको दिन ब्याग वितरणले विधार्थीहरु खुशी भएको बताए ।

उक्त कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक सदस्य तसरुदिन अन्सारीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर