Sunday, August 16, 2026

जबरजस्ती करणी अभियोगमा पर्साबाट एकजना पक्राउ

Advertisement
Advertisement Advertisement

पर्सा,२४ साउन । पर्सा जिल्लामा जबरजस्ती करणी सम्बन्धी मुद्दामा एकजना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त जानकारी अनुसार ११ वर्षीया बालिकालाई बाख्रा चराउने क्रममा एक्लै पारी १० रुपैयाँको नोट दिई ललाइफकाई बलात्कार गरी फरार रहेका ठोरी गाउँपालिका २ का ४६ वर्षीय अशोक साहलाई प्रहरीले पक्राउ गरेको एसपी गौतम मिश्रले बताएका छन्।

पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा गत २१ गते बुधवार बिहान १०बजे ठोरी २ स्थित जंगलमा उक्त घटना भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव निरीक्षक किशोर लम्सालका अनुसार थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर