Sunday, August 16, 2026

सर्लाहीमा यात्रुबस दुर्घटना, १९ जना घाइते

Advertisement
Advertisement Advertisement

सर्लाही, २४साउन ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–४, पूर्व–पश्चिम लोकमार्गको दोस्रो लच्का नजिक शुक्रवार साँझ यात्रुबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

जनकपुरबाट मलंगवा जाँदै गरेको ग १ ख ९४९४ नम्बरको बस साँझ करिब ५स्४५ बजे अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त भएको हो। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य छ र उनीहरू मोडल अस्पताल लालबन्दी, सर्लाही लाइफलाइन हेल्थ केयर नवलपुर, शुभस्वस्तिक अस्पताल बर्दिबास तथा रिया पोलिक्लिनिक गोदारमा उपचाररत छन्।

घटनाको कारणबारे सर्लाही प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर