Sunday, August 16, 2026

गढीमाई मन्दिर परिसरमा महागढीमाई फाउण्डेशनद्वारा वृहत वृक्षारोपण

Advertisement
Advertisement Advertisement

कलैया, २५ साउन। बाराको बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा महागढीमाई फाउण्डेशनको आयोजनामा आइतबार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। । “स्वच्छ वातावरण, समृद्ध समाज” नारासहित वर्ल्ड लिंक बाराको सहयोग र महागढीमाई नगरपालिकाको सहकार्यमा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले हरियाली विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै, वृक्षारोपण केवल वातावरण संरक्षणको पहल मात्र नभई जीवनशैली र समाज रूपान्तरणतर्फको महत्वपूर्ण कदम भएको बताए। उनले गढीमाई मन्दिर परिसरको सुन्दरता बढाउने अभियानमा फाउण्डेशनको भूमिकाको प्रशंसा गरे।

खल्ती एपका सह–संस्थापक अरबिन्द साहले वृक्षारोपणबाट धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र गढीमाई क्षेत्रको आकर्षण थपिने विश्वास व्यक्त गरे। वृक्षारोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, युवा तथा पत्रकारको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूलाई गम्छा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

वृक्षारोपण जस्ता वातावरणमैत्री र समाजसेवामूलक अभियानले गढीमाई मन्दिर क्षेत्रमा हरियाली विस्तार, प्राकृतिक सन्तुलनको संरक्षण र सामुदायिक एकताको सन्देश फैलाउने अपेक्षा गरिएको महागढीमाई फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर