Sunday, August 16, 2026

वैदेशिक रोजगारीको नाममा ५१ लाख ठगी गर्ने दुई पक्राउ

Advertisement
Advertisement Advertisement

काठमाडौं,२६ साउन । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारी दिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ का ५५ वर्षीय रवि बम्जन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ की ४८ वर्षीया फुलमाया खत्री छन्।

बोम्जनलाई हाल काठमाडौं, नागार्जुन नगरपालिका-४ र खत्रीलाई हाल काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बसोबास गर्दै आएको खुलेको छ। दुवैलाई २०८२ साउन २३ गते काठमाडौं उपत्यकाका फरक-फरक स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको उक्त जनाएको छ।

उनीहरूले हालसम्म ११ जनाबाट ५१ लाख रुपैयाँ ठगी गरेको आरोप छ। कार्यालयका अनुसार ठगी रकम र पीडितको संख्या अझ बढ्न सक्ने अनुमान छ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर