30.8 C
Kalaiya

Thursday, August 14, 2025
spot_img
30.8 C
Kalaiya
Thursday, August 14, 2025

spot_img

बाराको सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक

spot_img
spot_img
spot_img
Advertisement

कलैया,२८ साउन । बाराको सुवर्ण गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका का अध्यक्ष राजेश प्रसाद यादवले गाउँपालिकाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ८ लाख ९५ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसाको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

Advertisement

संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड,संघीय सरकार राजस्व बाडफाड तर्फ ९ करोड २५ लाख ५४ हजार १ सय ५१,संघीय सरकार सशर्त अनुदान १८ करोड ६४ लाख,आन्तरिक आय तर्फ १ करोड ५१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

Advertisement

प्रदेश सरकारबाट समानिकरण वित्तीय समानिकरण तर्फ ६८ करोड ७७ हजार,प्रदेश सरकार विषेश अनुदान तर्फ २५ लाख,समपुरक अनुदान २५ लाख,राजस्व बाडफाड ५१ लाख २६ हजार ३ सय,सशर्त अनुदान ८० लाख,गत अल्या रकम १ करोड १३ लाख ३८ हजार २ सय ४६ रुपैयाँ ७२ पैसा र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमबाट ५ लाख रुपैयाँ बराबरको अनुमानित अनुदान प्राप्त हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर