Thursday, September 17, 2026

मेयर भरत थापालाई आठ वर्ष कैद र १० करोड जरिवाना

Advertisement
Advertisement

कलैया, २९ साउन। विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना तोकेको छ। भरत ताल निर्माणमा भ्रष्टाचार भएको भन्दै २०८२ साउन २१ गते दोषी ठहर भएका मेयर थापालाई आज अदालतले कैद तथा जरिवाना तोकेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बिहीबारको इजलासले मेयर थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल र नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर सागर पौडेललाई जनही ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ जरिवाना तोकेको हो।

मेयर थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी २०८० चैत २७ गते र हानि–नोक्सानी गरेको अभियोगमा २०८१ जेठ २९ गते मुद्दा दायर भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर