Monday, June 29, 2026

मल वितरणमा पारदर्शिता कायम गर्न सहकारीहरुलाई बारा प्रशासनको निर्देशन

कलैया, ०१ भदौ। जिल्ला प्रशासन कार्यालय, बाराले मल वितरण प्रक्रियामा पारदर्शिता कायम गर्न सहकारी संस्थालाई निर्देशन दिँदै अनुगमन कडाइ गर्ने जनाएको छ। कार्यालयले आफ्नो आधिकारी फेसबुक पेजबाट सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बारामा कृषकहरुबाट मलको माग तीव्र बनेको छ तर आपूर्ति भने पर्याप्त हुन सकेको छैन। स्थानीय तहको सिफारिसमा सहकारी संस्थाहरुलाई कृषि सामग्री संस्थानसहितका सरकारी निकायले प्राप्त भएको सिमित परिमाणको डिएपी, युरिया र पोटास वितरण गर्दै आएका छन्।

प्रशासनले सहकारी संस्थाले कृषकलाई निष्पक्ष, इमान्दार र पारदर्शी ढंगले वितरण गर्नुपर्नेमा जोड दिएको छ। साथै, मल वितरण प्रक्रियामा कुनै अनियमितता हुन नदिन तत्कालै स्थानीय तहसँग समन्वय गरी सहकारी तथा वितरणमा संलग्न सरकारी निकायहरुको अनुगमन गरिने जनाएको छ।

अनुदानको मल वितरणमा अनियमितता वा दुरुपयोग भएको जानकारी भएमा नागरिकलाई प्रत्यक्ष सूचित गर्न आग्रह गर्दै प्रशासनले व्हाट्सएप नम्बर ९८५५००७७७७ मा मेसेजमार्फत जानकारी दिन अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर