Sunday, September 27, 2026

गत आर्थिक वर्षको खर्च विवरण पेश गर्न सामुदायिक विद्यालयलाई निर्देशन

Advertisement
Advertisement

जीतपुर,०२ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई खर्च विवरण बुझाउन निर्देशन गरेको छ ।

स्थायी सामुदायिक विद्यालयहरूलाई गत आर्थिक वर्ष २०८१/८२ मा प्राप्त सहयोग र कार्यक्रम खर्चसम्बन्धी कागजात अनिवार्य रूपमा बुझाउन महानगरले निर्देशन दिएको हो ।

विद्यालयहरूले पाठ्यपुस्तक, पुस्तकालय, पोषिलो खाना, विज्ञान प्रयोगशाला, बाल विकास केन्द्र, लेखा तथा सामाजिक परीक्षण, अतिरिक्त क्रियाकलाप खर्च, बिजुली, इन्टरनेट, डिजिटल सिकाइ सामग्री तथा परीक्षा केन्द्र व्यवस्थापन जस्ता शीर्षकमा भएको खर्चको विवरण अझै नबुझाएको पालिकाको भनाइ छ।

उपमहानगरपालिकाले भदौ १० गतेभित्र कागजात बुझाउन समय तोक्दै ढिलाइ भएमा लेखा परीक्षणमा समस्या आउने चेतावनी दिएको छ। साथै, आवश्यक परेमा प्रधानाध्यापकको तलवबाटै रकम कट्टा गरी फछ्र्योट गरिने पनि उल्लेख गरिएको छ।

उपसचिव शिवजी प्रसादको हस्ताक्षर सहित विद्यालयलाई पठाइएको पत्रमा प्रतिवेदन बुझाउन अटेर गर्ने संस्थामाथि कडाइका साथ कारबाही हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर