Sunday, September 27, 2026

मटिअर्वामा सीमा सहजीकरण बैठक सम्पन्न

Advertisement
Advertisement

कलैया,०२ भदौ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको आयोजनामा सोमबार कलैया उपमहानगरपालिका–१० मा सीमा सहजीकरण बैठक सम्पन्न भएको छ । वडाध्यक्ष साबिर मियाको अध्यक्षतामा बसेको बैठकमा सीमा सुरक्षासम्बन्धी चुनौती, नाकाको व्यवस्थापन र समग्र पूर्वाधार विकासबारे सरोकारवालासँग राय–सुझाव संकलन गरिएको थियो ।

बैठकले सीमामा देखिएका समस्या समाधानका लागि स्थायी पोस्ट स्थापना, सवारीसाधन नियमन, भन्सारको नियमित अनुगमन र छड्के निरीक्षणलाई कडाइ गर्ने निर्णय गरेको छ। अवाञ्छित गतिविधि नियन्त्रणका लागि सिसिटिभी जडान र पक्की ब्यारियर निर्माण गर्ने विषयमा पनि सहमति बनेको सशस्त्र प्रहरी बल नेपाल १२ नं. गणका गणपति प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सीमा सुरक्षा संवेदनशील विषय भएकाले सबै निकायले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। उनले सीमा नाकामा हुने अवैध गतिविधि रोक्न सिसिटिभी जडान, चेकपोष्ट स्थापना र भन्सार निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नगरप्रमुख विनोद साहले सडक मर्मत, सरसफाइ, पार्किङ व्यवस्थापन, वृक्षारोपण तथा सूचना बोर्ड स्थापना लगायतका कामलाई नगरपालिका प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पक्की ब्यारियर र सूचना पाटी निर्माणमा पनि नगरपालिकाले सशस्त्र प्रहरीसँग सहकार्य गर्ने बताए।

स्थानीय बासिन्दाले सिमानाकामा रहेका मदिरा पसल टाढा सार्न माग गरेका छन्। होटल र मदिरा पसलका कारण चोरी, तस्करी तथा आपराधिक गतिविधि बढ्ने जोखिम रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक रहेको स्थानीयले बताएका छन। सीमा सहजीकरण बैठकमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, सशस्त्र प्रहरी नायब उपरीक्षक सुधिर खतिवडा लगायत स्थानीय सरोकारवालाको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर