Sunday, August 16, 2026

बारामा लोकतान्त्रिक महिला सञ्जालद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

Advertisement
Advertisement Advertisement

कलैया, ०२ भदौ। नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा लोकतान्त्रिक महिला सञ्जाल बाराले सोमबार सिमरामा तीज विशेष कार्यक्रम–२०८२ सम्पन्न गरेको छ। “नेतृत्वमा महिला, परिवर्तनमा गति” भन्ने नारासहितको कार्यक्रममा सहभागी महिलाहरूले तीज गीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा वक्ताहरूले तीजलाई खुशी, एकता र महिला सशक्तीकरणको अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिए।

लोकतान्त्रिक महिला सञ्जाल बाराकी अध्यक्ष तथा नेपाली काङ्ग्रेस नेतृ मेघा शाहीले तीज केवल धार्मिक पर्व मात्र नभई महिलाको आत्मबल, सशक्तीकरण र सामाजिक चेतनासँग जोडिएको बताइन्। उनले महिलाहरू एकजुट भएर समाजका अन्धविश्वास तोड्न सक्ने र राजनीतिमा अर्थपूर्ण सहभागिता बढाउनुपर्नेमा जोड दिइन्।

शाहीले विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख–समृद्धिको लागि व्रत बस्ने तथा अविवाहित युवतीहरूले मनपरीत वर पाउने कामना गर्दै शिव–पार्वतीको पूजा गर्ने परम्पराले नेपाली संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएको उल्लेख गरिन्। साथै, तीजलाई रमाइलो मात्र नभई महिला त्याग र तपस्यासँग जोडेर बुझ्नुपर्नेमा उनले आग्रह गरिन्।कार्यक्रममा राष्ट्रिय कलाकार बिनिशा पौडेलले विविध सांकेतिक प्रस्तुति दिएकी थिइन्।

उक्त कार्यक्रम शाहीको अध्यक्षता तथा मधेस प्रदेश सभा सदस्य मिना लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा संविधान सभा सदस्य मधु शाही ठकुरी, काङ्ग्रेस नेतृ निरु रायमाझी, राधा देवी साह, विमला नेपाल, दुर्गा रिजाल, प्रतिभा पौडेललगायतको उपस्थिति थियो। साथै, विभिन्न सहकारी संस्थाका प्रतिनिधि र ३ सयभन्दा बढी महिला दिदीबहिनीको सहभागिता रह्यो। स्वागत उपाध्यक्ष बबिता जयसवालले गरेकी थिइन् भने सञ्चालन सचिव प्रीयङ्का दासले गरेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर