Sunday, August 16, 2026

गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्च अदालतको परमादेश

Advertisement
Advertisement Advertisement

कलैया, ०२ भदौ।  सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश जारी गरेको छ । त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर अदालतमा निवेदन दिएका थिए ।

सोमबार सो निवेदन उपर सुनुवाई गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त हत्याकाण्डको अनुसन्धानको काम अघि बढाउन परमादेश दिएको हो ।

२०६३ साल चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा कार्यकर्ताबीचको विवादले उग्ररुप लिँदा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर