Saturday, June 6, 2026

राष्ट्रिय सूचना दिवसमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

spot_img

कलैया,०३ भदौ । राष्ट्रिय सूचना दिवसको अवसरमा सूचनाका अभियन्ताहरुले मंगलबार ज्ञापनपत्र बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा उनीहरुले ज्ञापनपत्र बुझाइएको हो।

सूचनाको हकको लागि राष्ट्रिय सूचना महासंघका केन्द्रिय सदस्य सन्तोष पाण्डे,बाराका संयोजक निरन्जन साह,सचीव कृष्ण यादव,मधेस प्रदेशका कार्य समिति सदस्य संदिप प्रसाद यादव लगायतको टोलीले ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा नेपालमा सूचनाको हक सम्बन्धी ऐन २०६४ ले १८ बर्ष पार गरेको जनाइएको छ। ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि अयोगले खेलेको भूमिका केहि हदसम्म प्रभावकारी हुँदाहुँदै पनि आम नागरिकले सजिलै सूचना पाउन सकिने वातावरण तयार हुन नसकेको ज्ञापनपत्रमा जनाइएको छ। सर्वसाधारण नागरिकको सूचनामा पहुँच अभिबृद्धि गर्नका लागि भुमिका खेल्नुपर्दछ भन्ने कुरा सूचनाको हक सम्बन्धी बनेको ऐन २०६४ ले नै व्यक्त गरेको छ।

हुलाक सेवा समेत सरकारकै अंग भएकोले सूचना माग्नको लागि सार्वजनिक निकायमा निवेदन पठाउँदा लिईराखिएको हुलाक दस्तुर निशुल्क गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्रमा अनुरोध गरिएको छ। राष्ट्रिय सूचना आयोगले ईमेल वा ईन्टरनेटको माध्यमबाट सार्वजनिक निकायमा सूचना माग गर्न सकिने व्यवस्था गरेको हुदा सार्वजनिक निकायहरुले उत्तिक्कै आधिकारिता दिन सकिने भएकोले सोही अनुसार सक्दो ईमेल वा ईन्टरनेट माध्यमबाट सूचना उपलब्ध गराउने समेत व्यवस्था मिलाउन अपिल गरिएको छ।

सूचना माग गरेको निवेदनको दत्र्ता नं. र मिति समेत सोही माध्यम मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ। जिल्लाका सवै स्थानीय तह, सार्वजनिक निकायहरुमा सूचना अधिकारीहरुको विवरण अपडेट हाल सम्म पनि नभएको र अहिलेको संरचनाको आधारमा स्थानिय निकायहरुको समेत समावेश गरि सम्पूर्ण सार्वजनिक निकायका सूचना अधिकारीहरुको स्पष्ट विवरण यथाशिघ्र अपडेट गरि जिल्ला प्रशासन कार्यालयको वेभसाईट मार्फत सार्वजनिक गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ।

सूचना दिन हेलचेक्रयाई गर्ने, सूचना दिने मनसाय नराख्ने, अनावश्यक झन्झटीलो प्रक्रियाहरु देखाई सर्वसाधारणलाई अनावश्यक मानसिक तनाव दिने सूचना अधिकारी र कार्यालय प्रमुखहरुलाई ऐन वा नियमावली मुताबिक कारवाहीको दायरामा ल्याउन समेत ध्यानआकर्षण गराइएको छ। आफ्नो निकायसंग सम्बन्धित ऐन र नियमले तोकिएको सूचना सूचिकृत गरि प्रत्यक ३ महिनामा स्वतःसार्वजनिक गर्ने ,प्रकाशन गर्न ज्ञापनपत्रमा भनिएको छ।

कार्यालयमा अनिवार्य सूचना अधिकारी तोकी निजको सम्पर्क नम्बर र फोटो सहितको बिवरण फ्लेक्स बोर्ड वा अन्य उपयुक्त माध्यमद्वारा सार्वजनिक गर्न माग गरिएको छ। कार्यालयहरुमा सूचना शाखा वा सूचना केन्द्र जस्ता निकाय/संयन्त्र खडा गर्ने पहल गर्नुका साथै सूचना माग र प्रवाहको छुट्टै अभिलेख राख्ने व्यवस्था गर्न माग गरिएको छ।

सूचनाको हकका सम्बन्धी ऐन अनुसार सुचना माग गर्ने प्रस्तुत गरिने निवेदनमा टिकेट टास र कार्यालय प्रमुखको तोक लगाउनु पर्ने नपर्ने भएकोले सो को कार्यान्वय गर्न ज्ञापनपत्रमा भनिएको छ। सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने सूचना अधिकारी, कर्मचारीहरुलाई उपयुक्त तालिम र प्रशिक्षनको व्यवस्था गर्न ज्ञापनपत्रमा भनिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर