Sunday, September 27, 2026

रोजगारीको सिलसिलामा बिदेशमै जीतपुरसिमरा उपमहानगरका ७ जनाको मृत्यु

Advertisement
Advertisement

जीतपुर,०४ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा परेका नागरिकका लागि विभिन्न महत्वपूर्ण पहल गरेको छ ।

उक्त अवधिमा सात जना कामदारले विदेशमै ज्यान गुमाएका थिए। मृतकको शव स्वदेश ल्याउन र नौ जना मृतकका हकवालालाई आर्थिक सहयोग उपलब्ध गराउन उपमहानगरले सहजीकरण गरेको उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक महम्मद नसिमुल गणिले जानकारी दिए ।

साथै, तीन जना कामदारको उद्धार तथा खोजतलास र ११ जना वैदेशिक रोजगार सन्ततीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यसमेत गरिएको उनले बताए । सहजीकरणमार्फत दुबई, कुवेत, साउदी अरेबिया र मलेसियामा निधन भएका सुमन थापा, धनकुमारी थापा, दिल प्रसाद भट्ट, राजमणी खतिवडा, मकर बहादुर रुम्बा, मनोजकुमार महतो र रुकु सिम्खडाको शव नेपाल ल्याइएको उपमहानगरले जनाएको छ।

साथै, साउदी अरेबियाबाट फर्किने क्रममा टाँगीया बस्तीका पञ्चराम घलान र मलेसियाबाट फर्किएका वडा नं.१ का दिलिपकुमार भट्टको मृत्यु भएपछि आवश्यक प्रक्रिया मिलाइएको छ।यससँगै ११ देशका लागि ३२८ जनाले श्रम स्वीकृति पाएका छन्।

जसमा कतर (१०२), दुबई (५९), साउदी अरेबिया (९३), ओमान (३), बहरैन (२), जोर्डन (१), कुवेत (१६), मलेसिया (३९), माल्दिभ्स (२), रोमानिया (८) र क्रोएसिया (३) रहेका छन्। उपमहानगरपालिकाको रोजगार संयोजक गणिले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सहज र सुरक्षित बनाउन निरन्तर प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर