Monday, June 29, 2026

एक महिनाभित्र कलैया नगर क्षेत्रका सिसिटिभी मर्मत र विस्तार गर्ने निर्णय

कलैया, ०४ भदौ । बाराको सदरमुकाम कलैयामा जडान भएका सिसिटिभी मर्मत गर्ने र नयाँ सिसिटिभी क्यामेरा थप गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय बाराको पहलमा बुधबार सरोकारवालाबीचको छलफलले उक्त निर्णय गरेको हो।

उक्त छलफलमा उपमहानगरका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघ कलैया, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलमा एक महिनाभित्र नगर क्षेत्रमा जडान भएका सबै सिसिटिभी मर्मत गरी सञ्चालनमा ल्याउने तथा थप ४० वटा सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले अब अन्य स्थानीय तहहरूसँग समेत समन्वय गरेर सिसिटिभी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर