Monday, June 29, 2026

बाराका सिडिओ बसन्त अधिकारीको सरुवा

कलैया, ०४ भदौ । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले अधिकारीलाई सिरहाको सिडिओ बनाएको छ ।

अधिकारीको सरुवा भएसंगै बारामा प्रकाश पौडेल आउने भएका छन् । उनी हाल चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पनि सरुवा भएको छ । अर्यालको गृह मन्त्रालयमा सरुवा भएको हो । अब पर्सामा तोय नारायण सुवेदी आउने भएका छन् । सुवेदी हाल पाल्पाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् ।

गृह मन्त्रालयले बुधबार एकैपटक बारासहित २६ जिल्लाका सिडिओको सरुवा गरेको हो ।  मन्त्रालयले १९ सहसचिव र २४ उपसचिव गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर