Saturday, June 6, 2026

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img

ललितपुर, ५ भदौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

 

ललितपुर गोदावरी नगरपालिका–२ बस्ने सर्लाही हरिवन नगरपालिका–९ घर भएका ३३ वर्षीय प्रकाश कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला अदालत ललितपुरको २०८० असोज ७ गतेको फैसलाले २० लाख ९० हजार रूपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका–२ बाट पक्राउ गरेको हो ।

 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर