Saturday, June 6, 2026

१४ लाख नगदसहित पर्साबाट दुई जना पक्राउ

spot_img

पर्सा,०५ भदौ । पर्सा जिल्ला प्रहरी कार्यालयले वीरगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सूचना संकलन टोलीले बिआर०५एबी ७७६१ र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकलबाट बिहीबार बेलुका हुण्डी कारोबारको आशंकामा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२ का ३९ वर्षीय सञ्जयकुमार साह र बारा गढिमाई नगरपालिका-४ का ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन्।

मोटरसाइकल रोकेर चेकजाँच गर्ने सिलसिलामा दुबै जनालाई मोटरसाइकलमा लुकाई राखिएको रकमसहित वीरगन्ज महानरपालिका-२ घुसुकपुर इदगाह चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

उनीहरूको साथबाट १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको मिश्रले बताए। दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबारले प्रचलित बैंक तथा वित्तीय संस्थाको कानुनी रित नपुर्‍याउने हुँदा यसलाई गैरकानुनी मानेर प्रहरीले कारबाही गर्ने गरेको छ। न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर