Sunday, August 16, 2026

बारामा युवकमाथि निर्घात कुटपिट, एक जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, ०५ भदौ। बारामा एक युवकमाथि निर्घात कुटपिट भएको छ। जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २६ स्थित रामजानकी मन्दिर नजिक बिहिबार राति भएको कुटपिटमा परी एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कलैया उपमहानगर- १४ बघवन निवासी जिउत साह गोठका २४ वर्षीय छोरा अनिल साहलाई कलैया उपमहानगर-२६ सिसवा निवासी २३ वर्षीय दिपेश यादवले निर्घात कुटपिट गरेका हुन्।

कुटपिटका क्रममा साहको टाउकोमा चोट लागी घाइते भएका छन। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका छन।

घटनापछि आरोपी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। के कारण कुटपिट भएको र घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर