33 C
Kalaiya

Friday, August 22, 2025
spot_img
33 C
Kalaiya
Friday, August 22, 2025

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपा नेता पक्राउ

spot_img
spot_img
spot_img

कलैया, ०६ भदौ। नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-५ पदमपुर निवासी हरिप्रसाद कँडेल रहेका छन।

Advertisement

उनलाई रुपन्देहि प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्। रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट बुधबार पक्राउ गरी रुपन्देही ल्याइएको छ ।

Advertisement

पक्राउ परेका कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर