Monday, June 29, 2026

खाना नुनिलो बनाएको भन्दै प्रहरी जवानको सरुवा

सर्लाही, ०६ भदौ। सर्लाहीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यो अनौठो घटना इलाका प्रहरी कार्यालय मुर्तियामा भएको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नं १३ सानो फुलवरिया घर भई सर्लाहीको हरिपुर नगरपालिका वडा नं १ मा स्थित इलाका प्रहरी कार्यालय मुर्तियामा कार्यरत प्रहरी जवान रामाधार साह तेली संग यस्तो घटना भएको हो।

बिहीबार राति खाना पकाउने भान्से नहुँदा उनले खाना पकाएपछि दाल र तरकारी नुनिलो भएको थियो। खाना नुनिलो भएपछि इलाका प्रहरी कार्यालय मुर्तियाका प्रहरी प्रमुख एवम् प्रहरी नायब निरीक्षक उदय कुमार झाले उनको सरुवा गरेका हुन्।

प्रहरी जवान तेली भने उक्त कार्यालयमा करिब २२ महिना देखि कार्यरत थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर