Sunday, September 27, 2026

एम्बुलेन्स क्षेत्रमा भएको उपेक्षाविरुद्ध चालक संघ बाराको ज्ञापनपत्र

Advertisement
Advertisement

कलैया,०७ भदौ । एम्बुलेन्स क्षेत्रप्रति राज्यले गरेको उपेक्षाविरुद्ध एम्बुलेन्स चालक संघ बाराले शुक्रबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष सर्फुद्दिन आलमको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईलाई भेटी ज्ञापनपत्र बुझाएको हो । सहायक प्रजिअ भट्टराईले ज्ञापनपत्रलाई छिट्टै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता जनाएका छन्। संघले एम्बुलेन्स चालकहरू निरन्तर स्वास्थ्य जोखिममा रहे पनि राज्यबाट न्यूनतम सुरक्षा सामग्री, औषधोपचार, पहिचान खुल्ने ड्रेस र जोखिम भत्ता नपाएको गुनासो गरेको छ।

संघले अस्पतालमा पार्किङ सुविधा नहुँदा समेत समस्या बढेको उल्लेख गरेको छ। कोरोना लगायतका महामारीमा जीवन जोखिममा राखेर काम गरे पनि चालकहरूको योगदानलाई राज्यले अहिलेसम्म सम्मान नगरेको संघको आरोप छ । २०७८ सालमा स्वास्थ्य मन्त्रालयले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिकाका कारण करिब ६००० एम्बुलेन्स नवीकरण प्रक्रियाबाट वञ्चित भएको र धेरै चालक तथा सञ्चालक विस्थापित हुने खतरा रहेको संघको भनाइ छ।

सोही कारण संघले पटक–पटक मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संशोधनको माग गरे पनि बेवास्ता गरिएको संघको दाबी छ।संघले श्रमिक तथा आम नागरिक अधिकार विरोधी प्रावधान हटाउन, अस्पतालमा निर्वाध पार्किङ व्यवस्था मिलाउन, एम्बुलेन्स चालकलाई तालिम र निःशुल्क स्वास्थ्य उपचार सुनिश्चित गर्न, निजी क्षेत्रलाई एम्बुलेन्स आयातमा गरिएको प्रतिबन्ध हटाउन, शव व्यवस्थापनको ठेक्का निजी गाडीलाई नदिई शव वाहनमार्फत मात्र गर्ने व्यवस्था गर्न लगायतका माग अघि सारेको छ।

संघले तत्काल माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिंदै त्यसबाट उत्पन्न परिस्थिति प्रति नेपाल सरकार र स्वास्थ्य मन्त्रालय नै जिम्मेवार हुने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर