Saturday, June 6, 2026

पर्सामा खेतबाट ५४ किलो चरेस बरामद

spot_img

पर्सा,०७ भदौ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरिया क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद भएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले बिहीबार दिउँसो देउरिया क्षेत्रमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा शंकास्पद देखिएका घरमा केही नभेटिए पनि फर्कने क्रममा ४६ वर्षीय रामायण चौधरीको धान खेतभित्र लुकाइराखिएको अवस्थामा चरेस फेला परेको पर्सा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ल्याएर तौल गर्दा ५४ किलो ४०० ग्राम चरेस भएको पाइएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। बरामद चरेससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद स्थल प्रहरी चौकीबाट करिब सात किलोमिटर पश्चिम-दक्षिणतर्फ पर्छ। धान खेतमा चरेस कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको मिश्रले बताए। न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर