Thursday, July 23, 2026

वीरगंज महानगरपालिकाद्वारा भाद्र ८–९ गते विद्यालय पठनपाठन स्थगित

वीरगञ्ज,०७ भदौ  । वीरगञ्जमा हैजा संक्रमण बढेपछि वीरगञ्ज महानगरपालिकाले दुई दिनका लागी विद्यालयको पठनपाठन स्थगित गरेको छ ।

विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गरि महानगरपालिकाले भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

महानगरपालिकाले सरसफाइ र स्वास्थ्यमाथि विशेष ध्यान दिन सबैलाई अनुरोध गर्दै साथसाथै पानी उमालेर मात्र पिउनु हुन, शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुनुहुन, सरसफाईका नियमहरूलाई परिपालना गर्नुहुन, काँचै खाने साग सब्जीहरू तातोपानीले पखालेर मात्र खानुहुन तथा संक्रमणबाट जोगिनको लागि आवश्यक उपायहरू अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर