Monday, August 10, 2026

बारामा हैजाको जोखिम : प्रादेशिक अस्पताल कलैयामा आकस्मिक बैठक

कलैया, ०७ भदौ। वीरगंजमा हैजाका बिरामी फेला परेसँगै बारा जिल्लामा समेत यसको संक्रमण फैलिने सम्भावना रहेको भन्दै प्रादेशिक अस्पताल कलैयामा आकस्मिक बैठक बसेको छ।

बैठकमा अस्पतालका प्रमुख मेसु डा. अजय कुमार गुप्ता, सम्पूर्ण विभागीय इन्चार्जहरू तथा जिल्ला जनस्वास्थ्य कार्यालय, बाराका प्रमुख रामनरेश यादव सहितको टोली सहभागी थिए । बैठकमा प्रारम्भिक तयारीलाई तत्काल प्रभावकारी बनाउन आवश्यक रणनीति र कदमबारे छलफल भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले हैजाको सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकलाई खानेपानी उमालेर पिउन, व्यक्तिगत स्वच्छता कायम गर्न आग्रह गरेको छ।

 वीरगंज महानगरपालिकाको विभिन्न वडामा गरी ३६ जनामा हैैजाको संक्रमण पुष्टि भएको छ । हाल सम्म नारायणी अस्पतालमा १३ जना,तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना ,अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरले जानकारी दिएका छन । बारामा भने यसलाई रोकथाम गर्ने उद्देश्यले प्राथमिक तयारी सुरु गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर