Friday, June 5, 2026

लायन्स क्लब अफ कलैया सिटीको प्रमाणपत्र र ब्याच वितरण

spot_img

कलैया,०८ भदौ । लायन्स क्लब अफ कलैया सिटीको प्रमाणपत्र तथा ब्याच वितरण कलैयास्थित एभरेस्ट लजमा शनिबार सम्पन्न भएको छ।

लायन्स क्लब अफ कलैया सिटी (२०२५/२६) का अध्यक्ष लायन्स नवलकिशोर साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो। सो कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले नयाँ पदाधिकारीलाई प्रमाणपत्र तथा ब्याच वितरण गरेका हुन्।

लायन्स इन्टरनेशनलमा २०८२ भदौ ६ गते दर्ता भएको सो क्लबको अध्यक्ष नवल किशोर साहको अध्यक्षतामा २० सदस्यीय समिति रहेको छ।

उपाध्यक्षमा रितेश गुप्ता, पप्पु कुमार जैसवाल र रितेश कुमार साह चयन भएका छन् भने सचिवमा श्रवण कुमार र कोषाध्यक्षमा संजीव कुमार यादव रहेका छन् ।

त्यसैगरी सदस्य चेयरपर्सन संजय जैसवाल, एलआईएफसी कोअर्डिनेटर सौरभ कुमार गुप्ता, सर्भिस चेयरपर्सन अर्बिन्द कुमार साह, सिएमसि चेयरपर्सन राज रौनियार, साथै डाइरेक्टरमा रमेश सर्राफ, उपेन्द्र कुमार कुर्मी, सुनिल यादव, सन्दिप यादव, पृतम मिश्र, सरोज जैसवाल, बिष्णु साह, चन्दन ठाकुर, सन्तोष ठाकुर र रुपेश साह चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले समाज, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा सक्रिय योगदान पुर्‍याउन क्लबलाई सुझाव दिएका छन्। क्लबका पदाधिकारीहरूलाई बधाई दिंदै आउने दिनमा थप सहयोग गर्ने बताएका छन्।

सो कार्यक्रममा क्लबका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर