31.3 C
Kalaiya

Sunday, August 24, 2025
spot_img
31.3 C
Kalaiya
Sunday, August 24, 2025

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट

spot_img
spot_img
spot_img

काठमाडौं, ८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किए पछि शितल निवास पुगेका हुन् ।

Advertisement

वीपीनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरूले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका थिए ।

Advertisement

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले वीपीनको रिहाइका आफूले थप प्रयास गर्ने बताए । न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर