Monday, August 10, 2026

फेटा गाउँपालिकाद्वारा अपाङ्गता भएकाहरुलाई ह्विलचेयर वितरण

फेटा, ०८ भदौ। बाराको फेटा गाउँपालिका अपाङ्गता भएकाहरुलाई ह्विलचेयर वितरण गरेको छ। गाउँपालिकाको कार्यालयमा आज एउटा कार्यक्रम आयोजना गर्दै गाउँपालिकाले ह्विलचेयर वितरण गरेको हो।

आर्थिक वर्ष २०८०/०८१ देखि पालिकाले आफ्नो आफ्नो बजेटमा घोषणा गरेअनुसार यस वर्ष पनि हिड्डुल गर्न नसक्ने र अपाङ्गता भएकाहरुलाई ह्विलचेयर वितरण गरिरहेको हो। बारा अपडेटले सामाचार तयार पार्दा सम्म आज मात्रै गाउँपालिका भित्रका ७ जनालाई ह्विलचेयर वितरण गरिएको छ भने वितरण कार्य जारी रहेको फेटा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा ह्विलचेयर वितरण कार्य सहजकर्ता राम मनोहर साहले जानकारी दिए।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा ४ जनालाई मात्र ह्विलचेयर वितरण गरेकोमा चालु आर्थिक वर्षको भदौ महिनाको दोस्रो हप्तामा २० जनालाई वितरण गरिसकेको छ। पालिकाले यसको लागि अपाङ्ग व्यक्तिहरूको पहिचान गरेर हप्ताको प्रत्येक आईतबार ह्विलचेयर वितरण गरिरहेको छ। पछिल्लो हप्ता मात्रै ९ जनाले ह्विलचेयर पाएका थिए।

आज आयोजित कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंन्सारी तथा उपाध्यक्ष निलम साहले अपाङ्गता भएकाहरुलाई ह्विलचेयर वितरण गरेका थिए। गाउँपालिकाले यस वर्ष कम्तिमा ३० जनालाई ह्विलचेयर वितरण गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर