Sunday, June 21, 2026

मधेश प्रदेशको २५ स्थानीय तहमा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

कलैया, ०८ भदौ । मधेश प्रदेशको २५ स्थानीय तहमा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा ७५ करोडको लागतमा प्रदेशका २५ स्थानीय तहमा सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार तथा परीक्षण केन्द्रको भवन निर्माण भइरहेको हो ।

विश्वबंैकको ऋण सहयोगमा मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाअन्तर्गत आर्थिक करिडोरको कार्यालय बर्दिबासले २५ वटा पालिकामा भवन निर्माण गरिरहेको हो । कृषिको माटो परीक्षण, पशुको रोगसम्बन्धी अनुसन्धान तथा पशुमा लाग्ने विभिन्न रोगको उपचार, पशुको गोबर तथा दूधजन्य पदार्थको परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक उपकरणसहित ल्याब स्थापना गरेर सो केन्द्रबाट सेवा दिने उद्देश्य रहेको कार्यालय प्रमुख राजेश साहले जानकारी दिएका छन।

उनका अनुसार कृषि तथा पशुका लागि बेग्लाबेग्लै उपचार कार्यकक्ष तथा प्रयोगशालाका साथै सोही भवनमा सुपथमूल्यमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगको उपचारसहित औषधि बिक्री कक्षका समेत निर्माण हुने छ ।

भवन निर्माण भइरहेका २५ वटा स्थानीय तह मध्ये १४ वटाको काम सकिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर