Friday, June 5, 2026

संघीय मामिला मन्त्रालयको मूल्याङ्कनमा कलैया उपमहानगर पहिलो

spot_img

कलैया,०९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कन नतिजामा बाराका १६ पालिका मध्ये कलैया उपमहानगरपालिका पहिलो स्थानमा परेको छ ।

भने फेटा गाउँपालिका अन्तिम स्थानमा परेको छ । आर्थिक वर्ष २०८०/८१ मा गरिएको स्वमूल्याङ्कन र मन्त्रालयको गुणस्तर मापनका आधारमा परिणाम सार्वजनिक गरिएको हो।

स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा जगाउने उद्देश्यले मन्त्रालयले प्रत्येक वर्ष गुणस्तर परीक्षण, शासकीय प्रबन्ध, बजेट तथा योजना व्यवस्थापन, वित्तीय प्रशासन, सेवा प्रवाह, न्यायिक कार्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, विपद व्यवस्थापन, सहकार्य र समन्वयजस्ता ११ सूचकका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।

नतिजाअनुसार कलैयाले ७६ अंक ल्याउँदै बारामा पहिलो स्थान हासिल गरेको हो। यसैगरी फेटा गाउँपालिका अन्तिम (१६औं) स्थानमा परेको छ ।

बाराका १६ स्थानीय तहबीच त्यसैगरी, ६५ दशमलव २५ अंकसहित जीतपुरसिमरा उपमहानगरपालिका दोस्रो, ६५ अंकका साथ परवानीपुर तेस्रो, ६४ दशमलव ७५ अंकसहित महागढीमाई चौथो र ६३ दशमलव ५० अंकसहित निजगढ नगरपालिका पाँचौं स्थानमा परेका छन्।

यस्तै, ६३ दशमलव २५ अंकसहित प्रसौनी छैठौं, ६३ अंक ल्याएर करैयामाई सातौं, ५९ अंकसहित बारागढी आठौं, ५५ दशमलव ७५ अंकसहित आदर्श कोतवाल नवौं, ५२ दशमलव ५० अंकसहित पचरौता नगरपालिकाले दशौं स्थान हासिल गरेका छन्।

त्यसैगरी, ५० दशमलव ७५ अंक ल्याएर विश्रामपुर एघारौं, ५० दशमलव ५० अंक ल्याएर देवताल बाह्रौं, ५० दशमलव २५ अंक ल्याएर कोल्हबी १३औं, ४९ दशमलव ५० अंक ल्याएर सुवर्ण गाउँपालिका १४औं र ४९ अंक ल्याएर सिम्रौनगढ नगरपालिका १५औं स्थानमा रहेका छन्। मूल्याङ्कनमा ३१ दशमलव २५ अंक ल्याएको फेटा गाउँपालिका अन्तिम (१६औं) स्थानमा परेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर