Monday, August 10, 2026

वीरगञ्जमा हैजा संक्रमितको संख्या ७९ पुग्यो

कलैया, ०९ भदौ। वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ७९ पुगेको छ। गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिएका छन। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म ७९ जनामा हैजाका सङ्क्रमण देखिएको हो।

नारायणी अस्पतालमा २६ जना बिरामीमा कलेरा (हैजा) सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना सहित वीरगञ्ज हेल्थ केयर, अली अर्थाे अस्पताल, मङ्गलम प्याथोलोजीमा हैजा सङ्क्रमित बिरामी भेटिएका छन् । आज बिहान थप ८ जना हैजा संक्रमित भेटिए सँगै संक्रमितको संख्या ७९ पुगेको छ। १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

हैजा रोगका प्रमुख लक्षणहरूमा निरन्तर झाडापखाला, बान्ता, पेट दुख्ने, ज्वरो आउने, आँखा गाडिने, मांसपेशी दुख्ने र शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुने गरेको चिकित्सकहरुले बताएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर