Sunday, August 16, 2026

मधेशमा हत्याको घटना बढ्दै, बारामा मात्रै १२ जनाको हत्या

Advertisement
Advertisement Advertisement

कलैया, १० भदौ। मधेश प्रदेशमा हत्या घटना बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनमा मात्र मधेश प्रदेशमा ९ जनाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा ९९ जनाको हत्या भएको छ । जसमा ५३ जना पुरुष र ३६ जना महिला छन् । यस्तै ५ जना बालक र ६ बालिका रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

सबैभन्दा बढी धनुषामा १७ जना, सर्लाहीमा १४ जना, महोत्तरीमा १३ जना,  बारा र सप्तरीमा १२/१२ जना, रौतहटमा ११ जना, सिरहा र पर्सामा १०-१० जनाको हत्या भएको तथ्यांक छ । हत्या हुनेमा १८ देखि ४५ वर्ष उमेरसम्मका आधाभन्दा बढी ६३ जना छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा १२७ जना र आ.व. २०७९/०८० मा १०९ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर