Friday, July 31, 2026

एसीटीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

कलैया, १० भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास टी–२० खेलमा पनि अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई पराजित गरेको छ। पहिलो खेलमा एसिटीलाई ४१ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा पनि सोहि टोलीलाई ६ विकेटले पराजित गरेको हो।

पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन जोड्यो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित सर्वाधिक पाँच विकेट लिएका हुन। त्यस्तै करण केसीले दुई तथा गुल्शनकुमार झा, कुशल भुर्तेल र रुपेशकुमार सिंहले समान एक-एक विकेट लिए।

दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो। एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर