Monday, August 10, 2026

कलैयामा पनि हैजा संक्रमण पुष्टि

कलैया, ११ भदौ। बाराको कलैयामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेसु डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन ।

झाडापखाला लागेर अस्पताल आएका कलैया उपमहानगरपालिका -१८ पतौराका एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यता वीरगञ्ज महानगरमा गत शुक्रबार देखि हैजा संक्रमित देखिएका छन। वीरगञ्जमा हाल सम्म हैजा संक्रमितको संख्या एक सय १५ पुगेको छ । त्यस्तै बुधबार बिहानसम्म झाडापखला र हैजाका २ सय २७ जना बिरामी निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर