Sunday, September 27, 2026

पर्सामा चोरी र लागुऔषध मुद्दामा एक युवक पक्राउ

Advertisement
Advertisement

वीरगञ्ज,१६ भदौ । पर्सा प्रहरीले चोरी तथा लागु औषध सम्बन्धी कसूरमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ३५ को मखु भन्ने शेख साहेबजान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीषक किशोर लम्सालले जनाए।

रौतहट मौलापुर नगरपालिका वडा नं.१ घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ शिरोमणी टोल बस्ने ४६ को रामपुकार प्रसाद यादवको श्रीमती सविता कुमारी देवीले काम विशेषले उक्त घरकोठामा ताल्चा लगाइ बाहिर गएको बखत सो घरकोठामा चोरी भएको थियो। चोरले ताल्चा फुटाइ भारतीय नगद रू. एक लाख उनन्तिस हजार आठ सय , नेपाली नगद रू. एक लाख पच्चीस हजार र सुन चाँदीका गरगहनाहरू समेत चोरी भएको थियो।

उक्त घटनाको प्रहरीले अनुसन्धान गर्दै जाँदा सिसिटिभि फुटेजको आधारमा घटनामा संलग्नपटक– पटक चोरी सम्बन्धी कसूरमा सजाय पाएकाजिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ३५ को मखु भन्ने शेख साहेबजान मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

उल्लेखित परिमाणको लागु औषध गाँजा तथा सुन चाँदीका गरगहना सहित नगद रु. पन्ध्र लाख पन्ध्र हजार फेला पारेको छ। मियाँबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ–९ के.जी.८०९ ग्राम बरामद भएको छ।

प्रहरीले डिजिटल तराजु–१ थान, सुन जस्तो देखिने पहेलो धातुले बनेको कानको झुम्का–२ थान, सुन जस्तो देखिने पहेलो धातुले बनेको नाकको नथिया–४ थान,.सुन जस्तो देखिने पहेलो धातुले बनेको माङ टिका–२ थान,.सुन जस्तो देखिने पहेलो धातुले बनेको लकेट सिक्री सहित–१ थान,सुन जस्तो देखिने पहेलो धातुले बनेको टप–२ थान,चाँदी जस्तो देखिने सेतो धातुले बनेको पायल–८ पिस,चाँदी जस्तो देखिने सेतो धातुले बनेको माठा–२ पिस, श्रोत नखुलेको नगद रू.१५ लाख १५ हजार फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर