Sunday, September 27, 2026

प्रादेशिक अस्पताल कलैयामा निजामति सेवा दिवसको अवसरमा फलफुल वितरण

Advertisement
Advertisement

कलैया,२१ भदौ । निजामति सेवा दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा बिरामीहरूलाई फलफुल वितरण गरिएको छ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति बाराको सहयोगमा कलैयास्थित प्रादेशिक अस्पतालमा शनिवार एक कार्यक्रम बीच अस्पातलका विरामीहरुलाइ फलफुल वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारि एवं निजामती सेवा दिवस मूल समारोह समिति बाराका अध्यक्ष प्रकाश पौडेलले अस्पतालकी डा. मिना यादवलाई फलफुल हस्तान्तरण गरेका थिए।

उक्त अस्पतालका आकस्मिक वार्ड, आइसीयू, अपरेसन वार्ड, जेनेरल वार्ड र प्रसूति गृहका ६६ जना बिरामीलाई फलफुल वितरण गरिएको निजामति कर्मचारी रामबाबु कुशवाहाले जानकारी दिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले भने,”हामि निजामति कर्मचारीहरुसंग जोडिएको कर्मचारी हौ,सेवाग्राहीहरुको काम पनि गर्छौं साथसाथै सेवा पनि गर्छौं।” सेवाग्राहीहरु हाम्रो उच्च प्राथमिकतामा रहने प्रजिअ पौडेलले बताए ।

कार्यक्रममा सहायक प्रजिअ छविरमण भट्टराई, निजामति कर्मचारी संगठन बाराका अध्यक्ष सागर साह, जिल्ला कार्य समिति सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर