Sunday, September 27, 2026

निजामति सेवा दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

कलैया,२१ भदौ । निजामति सेवा दिवसको अवसरमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सेवा दिवस मूल समारोह समिति बाराको आयोजना र नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणमा उक्त बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी एवं मूल समारोह समिति बाराका अध्यक्ष प्रकाश पौडेलले रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा २८ जनाले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इञ्चार्ज राजाबाबु गुप्ताले जानकारी दिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले “हामी सेवा पनि गर्छौं, आवश्यकता अनुसार सेवा पनि दिन्छौं भन्ने भावनाका साथ काम गर्छौं,” भन्दै विज्ञानले पनि अहिलेसम्म केमिकाली रगत बनाउन नसकेको उनले बताए।

उक्त कार्यक्रममा सहायक प्रजिअ छविरमण भट्टराई, श्री रिपुमर्द गण ब्रहमपुरी ब्यारेकका सेनानी अशोक कुमार क्षेत्री, निजामति कर्मचारी संगठन बाराका अध्यक्ष सागर साह, जिल्ला कार्य समिति सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर